चेपाङ भाषा संरक्षण

चेपाङ भाषा संरक्षण

चेपाङ भाषा संरक्षण
- विमल खतिवडा, कोराक (चितवन)

पुस २४, २०७२- पुराना पुस्ता आफ्नो भाषाबारे जानकार हुन्छन् । नयाँ पुस्ता भने भाषाबारे कमै जानकार छन् । नयाँ पुस्ताले पुर्खाको पालादेखि बोल्दै आएको भाषा नजान्दा र नबोल्दा लोप हुने खतरा सबै समुदायमा छ । त्यही भएर होला चेपाङ समुदायका केही शिक्षक भाषा संरक्षण अभियानामा जुटेका छन् । चेपाङ भाषाको पाठ्यपुस्तक तयार पारेर विद्यालयमा पठाइएको छ । चेपाङ बालबालिकाको बाहुल्य रहेका विकट विद्यालयमा पुस्तक उपलब्ध गराइएको छ । पुस्तकको नाम ङीको किताब (हाम्रो किताब) राखिएको छ ।

Read More
बुद्ध जन्मेको लुम्बिनी वन

बुद्ध जन्मेको लुम्बिनी वन

जेष्ठ ८, २०७३- आज २५६० औं बुद्ध जयन्ती । आज गौतम बुद्धको जन्म भएको दिन । आजैको दिन सिद्धार्थ गौतमले महाभिनिष्क्रमण गरे, बोधिज्ञान प्राप्त गरे । अनि आजकै दिन बुद्धले महापरिनिर्वाण पनि प्राप्त गरे । लुम्बिनी बुद्धको जन्मस्थल हो । नेपाल सरकार अहिले यही लुम्बिनी क्षेत्रलाई बौद्ध दर्शनको उद्गम स्थलको रूपमा व्याख्या गर्ने प्रयासमा छ । यही सेरोफेरोमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन पनि भएको छ । लुम्बिनीलाई ऐतिहासिक, धार्मिक र पुरातात्त्विक क्षेत्रको रूपमा बृहत विकास गर्ने नीति सरकारको छ । अहिले लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय बौद्ध दर्शन अध्ययन केन्द्रका रूपमा विकास गर्ने योजना रहेको छ । लुम्बिनीलाई बुद्ध जन्मस्थलका रूपमा अन्तर्राष्ट्रिय रूपमै प्रचार गर्नुपर्ने सोच फेरि चर्चामा आएको छ । लुम्बिनीबारे रहेका अन्तर्राष्ट्रिय भ्रम चिर्न यो आवश्यक देखिन्छ । पछिल्लो समय लुम्बिनीमात्र नभएर अन्य ऐतिहासिक क्षेत्रको पनि उत्तिकै प्रचार हुनुपर्ने आवश्यकता अनुभव गरिएको छ । लुम्बिनी त सिद्धार्थ गौतमको जन्मथल भयो । कपिलवस्तु उनको राज्य हो भने देवदह मामाघर । यस्तै रामग्राममा गौतम बुद्धको महानिर्वाणपछि अस्तु धातु राखेर बनाइएका स्तुप रहेका छन् । ती सबैको बौद्ध धर्मसँग ऐतिहासिक र सांस्कृतिक महत्त्व जोडिएको छ ।

Read More
पञ्चशील नीति

पञ्चशील नीति

जेष्ठ ८, २०७३- आजको भूगोलअनुसार बुद्ध जन्मेको देश नेपाल छिमेकी भारतको तुलनामा भूमिमा ४.४७ प्रतिशत र जनसंख्यामा २.१४ प्रतिशत मात्र छ । त्यस्तै चीनको तुलनामा भूमिमा १.५३ प्रतिशत र जनसंख्यामा २.०४ प्रतिशत मात्र छ । यसरी दुई ठूला छिमेकीको आर्थिक, राजनीतिक प्रभाव विस्तारको चपेटामा परेको यो देशले सम्झनैपर्ने तथ्य के हो भने यहांँ जन्मेका बुद्धले आफ्नो बोधि ज्ञानको प्रभाव यी दुवै देशमा घनिभूत रूपले फैलाएका थिए । बुद्धकालमा दक्षिण एसियामा भारतजस्तो एकीकृत राज्य थिएन । नेपालमण्डल, कोशल, मगध, वैशाली, कपिलवस्तुजस्ता राज्य थिए । त्यतिबेलाको कपिलवस्तु अहिलेको तिलौराकोट क्षेत्र नै हो भन्ने उत्खननले प्रमाणित भैसकेकै छ । कपिलवस्तुको राजकुलमा २९ वर्षको जीवन बिताउँदा सिद्धार्थ गौतमलाई पिता शुद्धोदन राजाले जति सांसारिक सुखसयलमा राख्न खोज्दा पनि भएन । दरबार बाहिरतिर चहारेको उनको मन बिरामी, बुढेसकाल, मृत्यु र गृहत्याग जस्ता कुरामा केन्द्रित रह्यो ।

Read More
बुद्ध शिक्षाको मूल प्रवाहीकरण

बुद्ध शिक्षाको मूल प्रवाहीकरण

बुद्ध शिक्षाको मूल प्रवाहीकरण
- फणीन्द्रकुमार न्यौपाने, काठमाडौं


जेष्ठ ८, २०७३- २५६० औं बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले अन्तर्राष्ट्रिय बुद्ध जयन्ती समारोह तथा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्‍यो । उक्त समारोह एवं गोष्ठीको मुख्य उद्देश्य लुम्बिनीलाई बुद्ध जन्मस्थलको रूपमा मात्र नभई बुद्ध दर्शनको उद्गम भूमिका रूपमा समेत विश्वस्तरमा चिनाउनु हो जुन सकारात्मक छ । अब नेपालीको काँधमा नेपाललाई बुद्ध जन्मभूमि भनिदिएकोमा रमाउने मात्र हैन, बरु बुद्ध शिक्षालाई बुझ्ने र आत्मसात गर्ने समय आएको छ ।

Read More
कसरी बन्यो त्रिपिटक ?

कसरी बन्यो त्रिपिटक ?

कसरी बन्यो त्रिपिटक ?

बुद्ध वचनको संग्रहका रूपमा हामीसँग बृहत् त्रिपिटक छ । मौखिक रूपमा हजारौं वर्षदेखि प्रवाहित बौद्ध वचन त्रिपिटकमा प्रमाणित रूपमा संग्रह गरिएका छन् । यही त्रिपिटकले अहिलेको लिखित स्वरूप कसरी लियो ?

Read More
बुद्धको हाल !

बुद्धको हाल !

बुद्धको हाल !

बुद्ध स्मारकको यतिसम्म हेला हुने हो भने सायद ‘पाँचौं बुद्ध’ नेपाली भूमिमा जन्मने छैनन् ।
- स्मिता पौडेल

Read More
‘नेपालीले बुद्धलाई बुझेनन्’

‘नेपालीले बुद्धलाई बुझेनन्’

‘नेपालीले बुद्धलाई बुझेनन्’

आश्विन २३, २०७२- जोङसार जम्याङ खेन्ट्से रिन्पोछे प्रसिद्ध भुटानी धर्मगुरु हुन् । खेन्ट्से नोर्बुका नामले पनि चिनिने उनी सिनेमा निर्माण र पुस्तकलेखनमा पनि उत्तिकै प्रसिद्ध छन् । ‘दि कप’ (१९९९), ‘ट्राभलरर्स एन्ड म्याजिसिएन्स’ (२००३) र ‘वर : अ ब्लेसिङ’ (२०१३) उनका प्रसिद्ध सिनेमा हुन् । ‘ह्वाट मेक्स यु टन अ बुद्धिस्ट’ (२००७) र ‘नट फर ह्याप्पिनेस’ (२०१२) उनका पुस्तक हुन् ।

Read More
बुद्ध र ‘निर्वाण’

बुद्ध र ‘निर्वाण’

बुद्ध र ‘निर्वाण’
- अभय श्रेष्ठ, काठमाडौं
जेष्ठ १५, २०७३-

उर्दूका महाकवि मर्जा गालिबले लेखेका छन्– ‘इश्क ने निकम्मा कर दिया, बरना हम भी आदमी थे काम के ।’

Read More
अर्थशास्त्री भिक्षु

अर्थशास्त्री भिक्षु

अर्थशास्त्री भिक्षु
- हिमेश, काठमाडौं

जेष्ठ १५, २०७३- सन् २०१२ मा भुटानी प्रधानमन्त्री जिग्मे थिन्लेले थाइल्यान्डमा कर्मथलो बनाइरहेका भिक्षु सुगन्धलाई फोन गरे । भिक्षु सुगन्धलाई प्रधानमन्त्री थिन्लेले निम्तो दिए– ग्रस नेसनल ह्यापिनेस (जीएनएच) बारे न्युयोर्कस्थित संयुक्त राष्ट्र संघमा हुने बैठकमा भाग लिन । त्यसको केही दिनअगाडि मात्र भिक्षु सुगन्धले चर्चित ‘एसियन अफियर्स’मा दिएको अन्तर्वार्तामा जीएनएचको आलोचना गरेका थिए । ‘जीएनएचको मापन के हो त ?’ भिक्षु सुगन्धको प्रश्न थियो । भुटानले विश्वलाई बहसका लागि दिएको गम्भीर आर्थिक मुद्दाको विषय हो, जीएनएच ।

Read More
प्रकाशनको पर्खाइमा सवा लाख श्लोक

प्रकाशनको पर्खाइमा सवा लाख श्लोक

प्रकाशनको पर्खाइमा सवा लाख श्लोक
- हिमेश

श्रावण २२, २०७३- नेपाल सिद्धार्थ गौतमको जन्मथलो मात्र होइन, बौद्ध धर्मको जन्म पनि यहीं भएको हो। बुद्ध जयन्तीताका काठमाडौंमा भएको पछिल्लो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा यही घोषणा गरिएको थियो। केहीलाई यो चित्त बुझेन। बौद्ध धर्मको जन्म पनि नेपालमै भएको दाबी प्राज्ञिक रूपमा यो ठीक भएन कि? केही अलमलमा पनि परे। जसले यो नारा अगाडि सारे, उनीहरूको दाबी थियो, अब हामीले बौद्ध धर्मको जन्म पनि नेपालमै भएको भन्न सक्नुपर्छ। र, यसका लागि हामीले प्रस्तुत गर्न सक्ने तर्कका रूपमा रहेको छ– शतसाहस्रिका प्रज्ञापारमिता।

Read More