प्रस्तुत We Are Sherpa Website पिके हिल सोसीयल ओर्गनाइजेसन (Peeky Hill Social Organization) को अध्यक्ष आदरणीय श्री ङिमा देण्डी ज्यूको विचारमा आधरित भएर तयार पारिएकोहो । यो Website वेबसाइट शेर्पा समुदाय तथा शेर्पाको धर्म, कर्म, भाषा, लिपि, संस्कार, संस्कृति र भेषभुषा प्रति रुचि राख्ने विद्यार्थी, प्राध्यापक, अनुसन्धान कर्ता र शेर्पाको सामाजिक परिवर्तन र विकास प्रति रुचि राख्ने सम्पूर्ण महानुभावहरुलाई उपयोगी हुने कुरामा हामी विश्वस्त छौ ।
यस We Are Sherpa मुलतः शेर्पाहरुको धर्म, भाषा, लिपि, संस्कार, संस्कृति, भेष भूषा, खानपानमा सैद्धान्तिक र व्यवहारिक विकास बिचको मेलमिलाप, ज्ञान र सीपको विभिन्न अनुसन्धान प्राज्ञिक क्षेत्र, परामर्श सेवामा उपयोगी हुने कुरामा हामी आशावादीछौ । यो वेबसाइट विशेष गरि शेर्पाको अवधारणा, सिद्धान्त, नमुना, अभ्यास तथा अनुभवहरुको व्याख्या र विवेचनामा केन्द्रित रहेको छ ।

We Are Sherpa तयारीका क्रममा आन्तरिक तथा वाह्य कारणले विभिन्न कमिकमजोरी हुन सक्दछन् । यस्ता गल्ती र कमिकमजोरीहरु तपाईहरुले औंल्याइदिनु हुनेछ भन्ने कुरामा हामी आशावादी छु । एउटा वेबसाइटमा खोजेजति विषयवस्तु र खुराक पाउन कठिन हुनसक्छ । जुन कुरा आगामी संस्करणमा सुधार गर्ने प्रतिवद्धता व्यक्तगर्दछौ ।
वेबसाइट तयारीका क्रममा सर्वप्रथम त लेख रचनालाई शुरुवात गराइ आवश्यक लेखन सामग्रीहरु उपलब्ध गराउनु भई आफ्नो कार्यमा अति व्यस्त रहे पनि कुनै दुःख कष्ट नसम्झी प्रत्यक्ष रुपमा यस कार्यलाई जति सक्दो राम्रो बनाउनुको निमित्त सहयोग गर्नु हुने श्री आदरणीय दाइ ङिमा देण्डी ज्यूमा कृतज्ञता प्रकट गर्दछु । यसैगरी सहयोग गर्नुहुने साथीएवं गुरु वर्ग साथसाथै सम्पूर्ण शेर्पा प्रेमीहरुलाई पनि धेरै–धेरै धन्यवाद दिन चाहान्छु ।
We Are Sherpa