We Are Sherpa यो एउटा यस्तो Website हो । जसमा तपाईहरुले शेर्पा सम्बन्धि कुनै पनि जानकारी (ज्ञान) पाउन सक्नु हुनेछ । जस्तैः शेर्पाहरुको इतिहास, धर्म, कर्म, भाषा, लिपि, संस्कार, संस्कृति, भेष भूषा, खानपान र दैनिक जिवनका कुरा इत्यादि ।
We Are Sherpa को प्रारम्भ
कुनै पनि कार्यक्रम गर्दा त्यसको एउटा कारण हुन्छ । त्यसको एउटा उद्धेश्य हुन्छ । तर त्यसमा फल पाउनु भन्ने कुरा भविष्यको कुरा हो त्यसलाई जोकोहीले अनुमान गर्न सकिदैन । हाम्रो शेर्पा भाषामा भन्ने गरेको पाईन्छ “लोग्यु दोन्कीमश्ये न, यीमी क्षेपीक्योन्तु ग्युर” ‘घटनाक्रम वा इतिहास अर्थपूर्ण रुपले उल्लेख गरेन भने, विश्वास नहुने दोष उत्पन्न हुन्छ’ भन्ने कथनलाई स्मरण गर्नु उपयुक्त देखिन्छ । सन् १०३८ हजार वर्ष देखि प्रयोग भएको परिष्कारमुखी शेर्पा भाषाको लेखित ग्रन्थ बाट हालसम्मको प्राप्त शेर्पा भाषा लगभग १००० हजार वर्ष प्राचीन रहेको प्रमाणित भैसकेको र अझै कतिवर्ष त्यस अघि प्रचलन भइ लेख्य रुपमा वा अलिखित रुपमा आयो होला ? यस्तो भाषिक विचलनको अवस्थामा केही साल अगाडी आदरणीय गुरु श्री ङवाङ तेन्जीङ जाङपो (तेङबोक्षे) रीन्पोक्षेको अगुवाइमा प्राकृत भाषा र संस्कृत भाषाको शब्दकोश “श्यर्वी छिक्जो कुन्सल मेलोङ” नामक शब्दकोशमा म लगायत लोपोन ग्युर्मे क्षोडक (खुम्बु) र खेन्पो ङवाङ थेक्क्षोक (दोलाखा) हामी तीनजनाले प्राकृत भाषा र संस्कृत भाषाकोे आधार बिन्दुमा रही सर्वमान्य व्याकरणीय नियमकै अधीनमा रही वृहत् आकारमा १०,००० दश हजार भन्दा बढी शब्द रहेको श्यर्वी छिक्जो कुन्सल मेलोङ तयार पारिएको थियो । सायद यी सबै लेखन साम्भोटा लिपिमा भएर होला हामी शेर्पाहरुको लागी कालो अक्षर भैंसी बराबर भन्ने उखान सार्थक भए जस्तो भएको छ ।
यसै कुरालाई मध्यनजर गर्दै अब के गर्ने भन्दा ? मेरो आदरणीय दाइ श्री आङ कामी ज्युले हाम्रो सन्ततीहरुलाई खस लिपि जान्नेलाई खस लिपिमा र अंग्रेजी लिपि जान्नेलाइ अंग्रेजी लिपिमा Sherpa Language Dictionary र Conversation in Sherpa Language नामक पुस्तकहरु लेखाएर प्रकाशन गरेता पनि त्यति प्रभाव नपरेको महशुस गरेर बसिरहेको समयमा मेरो आदरणीय दाई पिके हील सोसीयल ओर्गनइजेसन (Peeky Hill Social Organization) को अध्यक्ष श्री ङिमा देण्डी ज्युले समय परिवर्तन संगसंगै प्रविधि पनि ह्वात्तै बढेको र हामीपनि त्यसैको दाजोमा जानु पर्ने देखेर प्रथमतः Sherpa Language Dictionary र Conversation in Sherpa Language मात्र राख्ने भन्नु भएको थियो पछि आएर अरु पनि केही दस्तावेजहरु जस्तैः बौद्ध धर्मको निमित्त अपेक्षित सामग्रीको रुपमा चाहिँने र त्यती मात्र नभई शेर्पाहरुको आदिमकालका इतिहासहरु धर्म, कर्म, भाषा, लिपि, संस्कार, संस्कृति, भेषभूषा, खानपान, शेर्पाहरुको विधिव्यवहार र दैनिकी जिवन यी सबै कुराहरु आजकल अतिनै न्युन रुपमा प्रयोग भएको र यस्तै गतिविधीलाई हेर्ने हो भने केही साल भित्रै शेर्पा समुदायको चिनारी अति नाजुक स्थितीमा पुग्ने देख्नु भएर यस विषयलाई गहन रुपमा सम्झी दुःखव्यक्त गर्दै यी सम्पूर्ण वास्तविक कुराहरु हाम्रो युवा पिढीहरुको आँखाको अगाडी उदाहारणको रुपमा झल्काउनु पर्ने जस्ता धेरै कारणहरुलाई मध्यनजर गर्नु भएर यति खेर हामीले केहीगर्नु पर्छ भन्नु भई पर्याप्त रुपमा धनको लोभ नगरी We Are Sherpa लाई यस्तो रुप दिनु प¥यो भनि धेरै चोटी अर्ती, उपदेश र निर्देशन दिनु भएको कारणले गर्दा फेरी एकचोटी तपाईहरु सामु आउनु पाएकोमा म उहाँ र पिके हील सोसीयल ओर्गनइजेसन (Peeky Hill Social Organization प्रति अभारी प्रकट गर्द छु ।
थुक्ज्ये क्षे । धन्यवात ।
लोपोन ङवाङ जीक्टल जङबु शेर्पा ।