जहाँ सम्म मलाई लाग्छ मेरो विश्वास छ मातृभाषा अलग्गै सिक्नु पर्दैन । मातृभाषा यस्तो भाषा हो, यसलाइ कसैले नसिकी नसिकाइ जानिन्छ, यसको आफ्नै विशेषता छ । त्यसैले मातृभाषा भनेको हो ।
तर अहिले समय धेरै परिवर्तन भइ सक्यो । बाहिरी रुपमा विकासले पनि कुनै ठाँउमा सोचे भन्दा बढी फट्को मरी सक्यो । त्यसै कारणले होला हाम्रो भित्री ज्ञानमा धेरै कमी कमजोरी आएको देखिन्छ । अन्तत मातृभाषाको पाठ्याक्रम बनाउनु पर्ने, मातृभाषा नै नजान्ने, मातृभाषा नै बिर्सने, यस्तो अवस्था समेत आइसक्यो भने भित्रीज्ञान जुन बुद्धको वचन धर्मस्कन्धहरु जस्तो महत्वपूर्ण ज्ञानलाई कसरी अभ्यास गर्ला, कसरी हासिल गर्ला जस्तो पनि लाग्छ ।