सामान्यत विश्वकै र विशेष गरेर शेर्पाको भाषा, लिपि, संस्कार र संस्कृती नष्ट हुन नदिइ दिनदिनै बृद्धि गरेर फैलाउनुको निमित्त केही उपायहरुलाई नित्य परिश्रम गर्नु आवश्यक भए जस्तै शेर्पाहरुको वंशावली, भाषा, लिपि, संस्कार र संस्कृती सबैलाई नष्ट हुनु नदिनुमा धर्मको धेरै महत्व छ । हामी शेर्पाहरु बौद्ध धर्ममा विश्वास गछौं भने हामी शेर्पाहरुको धर्म चाहिँ बौद्ध धर्म भित्र पनि प्राचीन (ञ्यीङ्मा རྙིང་མ། Nyingma) धर्म हो । यसलाई आचार्य पद्मसम्भव, उपाध्याय शान्तरक्षित र महापण्डित विमल मित्र आदि बौद्ध विद्वानहरुद्वारा अनूदित ग्रन्थहरुका आधारमा प्रवर्तित तिब्बती बौद्ध धर्म परम्परामा केही मीसावट नभएको विश्वासनीय स्रोत भएको मात्र नभएर प्राचिनकाल देखि अहिले सम्म धर्मलाई शोध अनुसन्धान गर्नुहुने विद्धवन वर्ग, शासनधर पुरुष, उच्च स्थान हासिल गर्नुहुने उत्कृष्ट गुरुजनहरु (गन्तिले नपुग्ने गरी उत्पन्न भएका छन्) कै कृपा, करुणा र अधिष्ठितले गर्दा नेपाली मानव जाति भित्र पनि शेर्पाहरुले हाल सम्म एश्वर्य सम्पन्न, सुख, कल्याणमयी, स्वतन्त्र र धार्मिक रुपमा व्यवहार गर्न पाएका हुन् ।
शेर्पाहरुको गाउँ घरमा कुनैपनि कार्यक्रम गर्दा धर्मसंग जोडीरहेको हुन्छन् । शेर्पा समाजमा बुद्धधर्मको दोस्रो बुद्ध लोपोन पेमा ज्युङ्नेको प्राचीन सम्प्रदायलाई विश्वास गर्ने भएको हुनाले कुनैपनि सानो ठुलो कार्यक्रम गर्दा गुरु रीन्पोक्षेको साधना विधि पुरा गरेर मात्र कार्यक्रम अगाडि बढाईन्छ । जस्तै जन्मकर्म, विवाहविधि, मृत्यु संस्कार, नयाँ घरको सुरुवात आदि कुनै पनि सुख दुःखको कार्यक्रम मा सर्वप्रथम गुरुलाई पूजा आराधना गरी गणचक्र चढाउने कार्य पुरा भएपछि मूल कार्यक्रम थाल्ने गरिन्छ ।
शेर्पाहरु धर्ममा अतिनै आस्था र विश्वास राख्दछन् । गोन्पमा आफ्नो गुरुले (वाङ्) अभिषेक र (लुङ्) आगमहरु दिनु हुदा फुर्सद निकालेर सपरिवार गोन्पामा वाङ् लुङ् थाप्न जान्छन् । त्यसै गरी सालमा एक दुई चोटी सपरिवार, साथीभाई र गाउँलेहरुसंग मिलेर तिर्थयात्रा गर्छन् । शेर्पाहरु शहाकारी खानपिन रुचाउने गर्छन् र शेर्पाहरुको समाजमा प्राणी हत्या, हिंसा र काटमार बर्जित गरिएको हुन्छ । यो नै शेर्पा समाजको श्रीसम्पत्ती र उत्तम चरित्र हो र न्यूनतम दैनिक चरित्र, संस्कार र धर्म हो ।