शेर्पाहरुको खानपान यस प्रकारको छ । बिहान सातुको खोले, दिउसो डिढो, बेलुका श्यक्पा जस्तै अरु कुनै नुन लागेको हल्का खाना र बीचमा चिया क्षाङ् खाइ रहने । खाजामा कुनैपनि अरु परिकार । भोज भत्तेरमा भने खासै निश्चित हुदैन । शेर्पाहरुको विशेष परिकारमा थुक्पा, मःमः, आलुको रोटी, रील्दुक, तोवा र पक्रील ईत्यादी छन भने थुक्पा र मःमः आजकाल सामान्य खानाको रुपमा हेरिन्छ र आजकल बढी जस्तो शेर्पाहरुले बिहान खोले खानु छाडेर चिया र चलन चल्तीमा आएको खाजानै खान्छन । बुढापाका कोहीकोहीले भने अझै पनि खोलेनै रुचाउछन । वा र गाउँको (चम्पा) सातु भने प्राय शेर्पाको घरमा पाईन्छ । यसमा विशेष गरी शेर्पाहरुको खानपानलाई छोटकरी मा व्याख्या गरेको मात्र हो । यसलाई एक एक गरेर अर्को पृष्ठमा बृहत् रुपमा समेट्ने छु ।