लिपिको छोटो विश्लेषण गर्नुपर्दा मान्छेहरुले आ-आफ्नो इतिहास भित्र हजारौँ वर्षको लामो समय सम्म गाउँ-ठाउँमा आ-आफ्नै जातिय मान्छेहरुको नाना थरिको लिपिहरु बनाइ सयौ थरिको लिपिबाट हजार थरि सम्म फैलिएर गए । तिनीहरु सबै समेट्यो भने दुई थरिका लिपिमा समेटिन्छन् । जस्तै (China) चीन र (Egypt) मिश्रको लिपि विषयलाई समेटेर शारीरिक बनावट लेख्ने र (Arab) अरब र (India) भारतको लिपि भाषाको सुर र ताललाई उदाहरणमा लिएर स्वर र व्यंजन को चिह्न लेख्ने गरिन्छ ।
यसमा हाम्रो लिपि चाहिँ कसरी कहाँ बाट भयो भन्दा छैठौ शताब्दी सम्म मा पनि तिब्बतमा कुनै लिपि थिएन । तसर्थ तिब्बतको राजा सोङचेन् गोम्पोले सन् ६३३ मा आचार्य थोन्मी सम्भोटालाई भारतमा अध्ययन गर्नु पठाउनु भएर सात वर्ष सम्मको लामो अध्ययनपछि तिब्बतमा फर्किनु भएर नागरिक लिपिलाई मूल आधार मानी भोट भाषाको शैली र लय संग मिल्ने (Sambota) साम्भोट लिपि निर्माण गर्नु भयो ।
त्यस पछि भारतबाट शास्त्र, सुत्र र तन्त्र सबै भोटको धार्मिक भाषामा अनुवाद गर्नु भएर आज सम्म यो नै हामी महायानहरुको लागि रत्नपर्वत नै सावित भएको छ भने विश्वकै चर्चित अनुवादकहरुले भारत, चीन र तिब्बतका सुत्र मध्ये तिब्बतको चाहिँ अतीनै विश्वासनीय स्रोत भएको भनाइ छ । यो सम्भोटा लिपि कयौं राष्ट्रमा प्रयोग भइरहेको छ भने अरु पनि कुनै राष्ट्रहरुमा प्रयोगमा ल्याउने चहाना जगाई शुरुवात गरिरहेका छन् ।
दुःखको कुरा हामी शेर्पाहरु आफ्नो इच्छा पूर्ति गर्न यसै लिपिलाई आशा, भरोसा राखेर जन्मे देखी मर्ने सम्म यही लिपिमै भर परे पनि कसैले यसलाई न सिक्न चाहे न सिकाउन । यो त कालो अक्षर भैंसी बराबर भन्ने उखान सार्थक भएको छ ।
अबको समयमा हाम्रो शेर्पा संघसंस्था र शेर्पा बुद्धिजिवीहरु लगयात समपूर्ण शेर्पाहरु मीलेर आफ्नै लिपि सुचारु गर्नु सक्यौ भने अति राम्रो हुन्छ । यो कसैको देखासिखीको निम्ति नभएर आफ्नो भाषा र संस्कार जो गर्नु र केही बुद्धका वचन पनि यसैबाट अति सरल तरीकाले बुझ्ने र हाम्रो भाषा पनि लेखन प्रक्रियामा यसै लिपिबाट स्पष्ट हुने भएको कारणले गर्दा आजै पनि यसै लिपिलाई हामी सबै शेर्पाहरुले जान्नु राम्रो हुन्छ । यो लिपि त्यति गा¥हो छैन । एक महिनामा सरर पढ्न सकिन्छ ।
यो सम्भोट लिपि तिब्बत, नेपाल, भुटान, भारत, चीन, ताइवान, संयुक्त राज्य अमेरिका लगायतका देशहरुमा प्रयोग गरिन्छ । यसमा सबैको व्याकरण बढी जसो मिल्छ ।